तपाईँ सुन्दै हुनुहुन्छः

प्रेस सेन्टर रेडियो नेपाल शाखाको अध्यक्षमा अर्जुन श्रेष्ठ

काठमाडौँ । प्रेस सेन्टर नेपालको रेडियो नेपाल शाखाको अध्यक्षमा पत्रकार अर्जुन श्रेष्ठ निर्वाचित हुनु भएको छ ।

प्रेस सेन्टर नेपाल रेडियो नेपाल शाखाको दोस्रो अधिवेशनले अर्जुन श्रेष्ठको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति समेत चयन गरेको छ । 

कार्यसमितिमा उपाध्यक्ष रमिता यादव, सचिव कृष्णा झा, कोषाध्यक्ष विद्या चौधरी र सदस्यहरूमा गोपाल नेपाल, पेम्बा शेर्पा र विजय यादवलाई सर्वसम्मत चयन गरेको छ । 

अधिवेशनको समुद्घाटन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले गर्नु भएको थियो । कार्यक्रममा प्रेस सेन्टरका निवर्तमान उपाध्यक्ष तथा केन्द्रीय कार्यालय सदस्य बलराम थापा, कार्यालय सदस्य विदुर खड्का र लक्ष्मी पुनको उपस्थिति रहेको थियो । 

त्यस्तै रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसी, रेडियो नेपालका महाशाखा प्रमुखहरू, शाखा प्रमुखहरू, नेपाल राष्ट्रिय कर्मचारी महासंघका केन्द्रीय सदस्य तिलकजङ्ग बुढाथोकी, प्रेस सेन्टरका नेता बुद्ध लोप्चान, वीरेन्द्र ओलीलगायत अन्य नेताहरू र रेडियो नेपालका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

प्रमुख अतिथि श्रेष्ठलगायत अन्य अतिथिहरूले कार्यक्रम सफलता र कार्यसमितिलाई  शुभकामना समेत व्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button