तपाईँ सुन्दै हुनुहुन्छः

हृदयघातका कारण पत्रकार नेपालको निधन

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लामा रहेर लामो समय पत्रकारिता गरिरहनु भएका नानीराम नेपालको हृदयघातका कारण निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि लादै गर्दा धुलिखेल अस्पतालमा बिहीबार साँझ ५ः३० बजे उहाँको निधन भएको पत्रकार महासङ्घ सिन्धुपाल्चोकका सचिव बिदुर आचार्यले जानकारी दिनुभयो।

बलेफी गाउँपालिका ४ घर भएका ३१ वर्षीय नेपाललाई बिहीबार दिउँसो करिब २ बजे खाडीचौरमा रहेका बेला एक्कासि हृदयाघात भएको थियो । तत्काल न्यु सदाबहार हस्पिटल खाडीचौरमा पु¥याउँदा त्यहाँ उपचार हुन नसकेपछि उहाँलाई धुलिखेल अस्पताल रिफर गरिएको थियो ।

४ बजे धुलिखेल अस्पताल पु¥याइएका नेपाललाइ ५ः३० बजे डाक्टरले मृत घोषणा गरेको परिवारले जनाएको छ । नेपालको परिवारमा आमा–बुबा, श्रीमती सुशीला तथा ६ वर्षीया छोरी र डेढ वर्षीय छोरा रहेका छन् ।
उहाँ पत्रकार महासङ्घ ,प्रेस चौतारी सिन्धुपाल्चोकको सहसचिव , न्युज अरनिको अनलाइनका सम्पादक समेत हुनुहुन्थ्यो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button