तपाईँ सुन्दै हुनुहुन्छः

विश्वकै लामो रेडियो अन्तरवार्ता नेपालमा शुरु

काठमाडौँ । गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ज गर्ने उद्देश्यले शुरु गरिएको ‘सबैभन्दा लामो रेडियो अन्तर्वार्ता’ सोमबार बिहान ७ः३५ देखि शुरु गरिएको छ । पत्रकार भानुभक्त निरौलाले विश्वमै लामो रेडियो अन्तर्वार्ता शुरु गर्नुभएको हो ।

कम्तीमा ३० घण्टा अन्तर्वार्ता लिने तयारी का साथ अन्तरवार्ता शुरु गरिएको हो । यदि २४ घण्टा पार गर्न सके गिनिज बुकको यस अघिको रेकर्ड ब्रेक हुनेछ। पत्रकार निरौलासँगै जवाफकर्ताको रुपमा सोलुखुम्बुका पर्यटनविद् आङफिन्जो शेर्पा सहभागी हुनुहुन्छ । अन्तर्वार्ता ‘पर्यटन र जलवायु परिवर्तनको असर’  विषयमा केन्द्रित छ ।

एफएमको चाबहिल स्थित शाखा स्टुडियोमा भइरहेको अन्तर्वार्ता सोलुखुम्बुमा रहेको हिमाल एफ.एम.९०.२ मेगाहर्ज र ‘डब्लुडब्लुडब्लुडटहिमालएफएमडटकम’बाट प्रत्यक्ष प्रसारण सुन्न सकिनेछ ।

अहिले ‘लङगेष्ट रेडियो इन्टरभ्यू’रेकर्ड अष्ट्रेलियाका एक पत्रकार र स्पोर्टस म्यानको नाममा छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button