तपाईँ सुन्दै हुनुहुन्छः

नक्कली नोटसहित तरकारी व्यापारी पक्राउ

बर्दिबास । नक्कली नोट सहित महोत्तरीको गौशाला बजारबाट एक जना तरकारी व्यापारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौशाला नगरपालिका–९ डुवरबानाका ४४ वर्षीय सुकन महतो रहेका छन् ।

 पक्राउ परेका तरकारी व्यापारी महतोले गौशाला बजारमा तरकारी किन्ने क्रममा किसानलाई नक्कली नोट दिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

इलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरी टोलीले महतोलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा व्यापारी महतोको डेराबाट भारु २ लाख ८० हजार ९ सय २९ रुपैंया र नेपाली ८ लाख ९७ हजार ४ सय ३५ रुपियाँ बरामद भएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक विष्णु प्रदीप बस्यालले बताउनुभयो । पक्राउ परेका महतोलाई नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक बस्यालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button