तपाईँ सुन्दै हुनुहुन्छः

मुख्यन्यायाधिवक्ता खनालको राजिनामा स्वीकृत

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्य कानूनी सल्लाहकार एवं मुख्यन्यायाधिवक्ता मातृकाप्रसाद खनालले पदबाट दिएको राजिनामा स्वीकृत भएको छ । प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले आज नेपालको संविधान, २०७२ को धारा (६) को उपधारा ४ (क) बमोजिम खनालको राजिनामा स्वीकृत गर्नुभएको हो ।

दैलेख निवासी अधिवक्ता खनाललाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले २०७७ चैत ६ गते मुख्य न्यायाधिवक्ता पदमा नियुक्त गर्नुभएको थियो । नेपालको संविधान २०७२ मा प्रदेश सरकारको मुख्य कानूनी सल्लाहकारका रुपमा नियुक्त मुख्यन्यायाधिवक्ताले मुख्यमन्त्रीमार्फत प्रदेश प्रमुखसमक्ष राजिनामा दिनुपर्ने उल्लेख छ ।

खनालले कात्तिक १ गतेदेखि लागू हुने गरी पदबाट दिएको राजिनामा आज स्वीकृत भएको प्रदेश प्रमुख कार्यालयका सचिव ठाकुरप्रसाद सिग्देलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button