तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधि सभा बैठक दिउँसो २ बजे बस्दै

काठमाडौं। प्रतिनिधि सभाको बैठक बिहीबार (आज) दिउँसो २ बजे बस्दैछ ।

यसअघि कात्तिक ९ गतेका लागि बैठक राखिए पनि प्रमुख प्रतिपक्षी नेकपा एमालेले कात्तिक ९ मा पालिका अधिवेशन गर्ने भएपछि प्रतिनिधि सभा बैठक त्यस दिन नगरेर बिहीबारका लागि सारिएको हो ।

आजको बैठकमा राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवाले पेश गर्ने सम्भावित कार्यसूची छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button