तपाईँ सुन्दै हुनुहुन्छः

इंग्ल्यान्डको लगातार दोस्रो जित

काठमाडौं । आइसिसी टि२० विश्वकप २०२१ मा इंग्ल्यान्डले लगातार दोस्रो जित हात पारेको छ ।

बुधबार साँझ शेख जायद स्टेडियममा भएको खेलमा इंग्ल्यान्डले बंगलादेशलाई ८ विकेटले पराजित गर्दै दोस्रो जित हात पारेको हो ।

जितको लागि १ सय २५ रनको सामान्य विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले १४।१ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । इंग्ल्यान्डको जितमा ओपनर जेसन रोयले ३८ बलमा ५ चौका र ३ छक्का सहित सर्वाधिक ६१ रनमा आउट भए ।

डेविड मलान २८ रनमा अविजित रहे । जोनी बेयरस्टो ८ रनमा अविजित रहे । जस बटलर १८ बलमा १ चौका र १ छक्का सहित १८ रनमा क्याच आउट भए ।

बंगलादेशका शोरिफुल ईस्लाम र नासुम अहमदले १–१ विकेट लिए ।

टस जितेर पहिला ब्याटिङ थालेको बंगलादेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २४ रन बनाएको थियो। इंग्ल्यान्ड २ खेलमा २ मानै जितका साथ शीर्ष स्थानमा छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button