तपाईँ सुन्दै हुनुहुन्छः

पोखराको ल्याण्डफिल्ड साइट सार्ने विषयमा विवाद

कास्की । पोखरा वाछिवुडुवामा रहेको ल्याण्डफिल्ड साइट कता सार्ने भन्नेमा विवाद उत्पन्न भएको छ । 

पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुन दुई महिना मात्रै बाँकी रहँदा पोखरा हाल भइरहेको ल्यान्डफिल साइट सार्नुपर्ने बाध्यता पोखरा महानगरपालिकालाई रहेको छ । 

महानगरको १४ नम्बर वडामा रहेको विमानस्थलमा आउँदो पुससम्म आन्तरिक उडान गर्ने योजना प्रदेश सरकारको रहेको छ  । 

विमानस्थल निर्माण अन्तिमतिर पुगे पनि विमानस्थल सञ्चालन गर्न आवश्यक पर्ने पूर्वाधार भने अझैसम्म बन्न सकेका छैनन् । 

ल्यान्डफिल साइटको नयाँ ठाउको लागि कात्तिक ५ गते भएको पोखरा महानगरपालिकाको ५२ औँ कार्यपालिका बैठकले ल्यान्डफिल साइड सार्ने निर्णय गरेको थियो । 

पोखरा २० मा रहेको पस्मराङ खोँचमा ल्याण्डफिल्ड साइट चलाउने महानगरले निर्णय गरेर सूचना समेत सार्वजनिक गरिसकेको छ  । तर, छलफल नगरी ल्यान्डफिल सार्न योजनाको प्रस्ताव झस्केलाबाट टेबल गरिएको पोखरा महानगरपालिका वडा नम्बर २० का वडा अध्यक्ष सिम बहादुर गुरुङले बताउनुभयो । स्थानीयले ल्यान्डफिल साइट बन्न नदिन गुरुङको नेतृत्वमा स्थानीयले सङ्घर्ष समिति नै बनाएका छन् ।  

पस्मराङ क्षेत्रमा खानेपानीको ३ वटा मुहान रहेका छन्  । तीनै मुहानबाट भलाम काहुका आसपासका ७ सय घरमा खानेपानी पुगेको जनप्रतिनिधि भीम प्रसाद वास्तोलाले बताउनुभयो । 

“यहाँ ल्याण्डफिल्ड साइट बनाउँदा पानी दूषित हुने स्थानीयको गुनासो छ । उनीहरूमा ती मूलबाट सिँचाइ हुने जग्गा बाँझो हुनेसमेत डर छ यो कस्तो प्रतिवेदन हो मान्छेले खाने पानीको मुहानमा फोहोर व्यवस्थापन गर्ने कहीँ कतै नभएको अमानवीय व्यवहार हो यो हामी यस्को डटेर सामना गर्ने छौ ।” उहाँले भन्नुभयो । 

सानो जनसङ्ख्या रहेको भनेर महानगरले जहिले पनि २० नम्बर वडाले हेप्ने गरेको भन्दै आज स्थानीयले महानगरपालिकाका कार्यकारी प्रमुख महेश बराललाई ज्ञापन पत्र समेत बुझाएका छन् । 

यदि महानगरले ल्यान्डफिल साइट पस्मराङमा राख्न खोजे जस्तो सुकै आन्दोलन गर्न आफूहरू तयारी रहेको स्थानीयहरूले बताएका छन् ।  

ज्ञापन पत्र बुझ्नुहुँदै उहाँले भन्नुभयो, “यो प्रक्रियामा गएको छ बसेर समस्याको समाधान निकालौँ कृपया प्रक्रिया नरोकिदिनु होला ।”

उहाँले महानगरले समितिलाई एक हप्ताभित्र स्थानीयसँग समन्वय गरी आयोजना कार्यान्वयनको खाका तयार पार्न भनेको छ । त्यहाँ हु सक्ने वातावरण तथा सामाजिक प्रभाव न्यूनीकरण (इआएगरी)  स्थानीयको चासो सम्बोधनका विकल्पबारे जानकारी गराउन समितिलाई भनिएको बताउनुभयो । 

“स्थानीयहरूको छलफलमा नै यो काम हुने छ अहिले नै विवाद खडा नगर्नु होला प्रक्रियामा जान दिनुहोला ।”

ल्यान्डफिलका लागि उपयुक्त ठाउँ खोज्न महानगरपालिकाले गत असार २२ गते वडा नम्बर १६ का वडाध्यक्ष जीवन आचार्यको संयोजकत्वमा ६ सदस्यीय समिति बनाएको थियो । 

यही समितिले  पेस गरेको प्रतिवेदनका आधारमा पोखरा १६ र २० र १३ नम्बरमा पर्ने पस्माराङ छानिएको महानगर प्रवक्ता धनबहादुर नेपालीले बताउनुभयो । ल्याण्डफिल्ड साइट बन्ने ठाउँको जग्गाको मुआब्जा महानगरले नै व्यहोर्ने समेत उहाँले जानकारी दिनुभयो ।

ल्याण्डफिल्ड साइट स्थानान्तरण गर्न सार्वजनिक तथा सरकारी जमिन, वन क्षेत्रसमेत सोही प्रयोजनका लागि भोगाधिकार, निःशुल्क वा लिजमा उपलब्ध गराउन कानुन बमोजिमका प्रक्रिया थाल्ने कार्यपालिका बैठकले निर्णय गरेको छ ।

स्थानीयहरूले प्रतिवेदन बनाउनुअघि स्थानीयसँग सल्लाह नै नगरी कार्यपालिका बैठकमा पेस गरेको भन्दै आक्रोश पोखेका छन् ।  

३ खोलाको मुहान रहेको पस्मराङ खोचनजिकै बस्ती रहेको छ । वडा नम्बर १६, २० र १३ का बासिन्दालाई प्रत्यक्ष असर गर्ने स्थानीय हरि अधिकारी बताउनुहुन्छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button