तपाईँ सुन्दै हुनुहुन्छः

गोदावरीमा १२ गतेदेखि पुष्प व्यापार मेला आयोजना हुने

ललितपुर । ललितपुर जिल्लाको गोदावरीमा कार्त्तिक १२ गतेदेखि पुष्प व्यापार मेला आयोजना हुने भएको छ ।

पुष्प व्यसायीहरुको संस्था नेपाल फ्लोरीकल्चर एशोसियसन (फ्यान)को आयोजनामा १४ औँ गोदावरी पुष्प मेला आयोजना हुने भएको हो । 

‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने मूल नाराका साथ हुने पुष्प मेला कार्त्तिक १५ गतेसम्म चल्ने छ ।

पुष्प व्यवसाय प्रवर्द्धन एवं गुणस्तरीय उत्पादनमा टेवा पुर्‍याउने उद्देश्यका साथ मेलाको आयोजना गर्न लागिएको फ्यानका अध्यक्ष मीनबहादुर तामाङले मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । 

मेलामा ४४ वटा स्टल र ४ वटा सूचना मूलक व्यावसायिक स्टल रहने छन् ।

मेलामा करिब ३५ हजार उपभोक्ताले अवलोकन गर्ने र फूलको कारोबार ५० लाख रुपैयाँ हाराहारी हुने अनुमान गरिएको अध्यक्ष तामाङले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button