तपाईँ सुन्दै हुनुहुन्छः

रुग्ण उद्योगहरूको उचित व्यवस्थापन गर्ने गरी अध्ययन सुरु

काठमाडौँ । सरकारले देशभरका अलपत्र परेका, बन्द भएका तथा रुग्ण उद्योगहरूको उचित व्यवस्थापन गर्ने गरी अध्ययन अघि बढाएको छ ।

राष्ट्रिय योजना आयोगले त्यसता उद्योगहरूको सम्पत्तिको प्रयोग गर्ने, जुन अवस्थामा छन् त्यही अवस्थामा नचले त्यसलाई व्यवस्थापन गरेर त्यस्तै प्रकृतिको अन्य सम्भाव्य उद्योगमा प्रतिस्थापन गर्न सकिने गरी स्थलगत अध्ययन अवलोकन र निरीक्षण सुरु गरेको जनाएको छ ।

राष्ट्रिय योजना आयोगले आयोगका सदस्य डा रामकुमार फुयाँलको संयोजकत्वमा गठित समितिले अलपत्र परेका, बन्द भएका तथा रुग्ण उद्योगहरूको उचित व्यवस्थापनका सम्बन्धमा अध्ययन अघि बढाएको छ । 

उद्योगहरूको स्थलगत अध्ययन अवलोकन र निरीक्षण गरी प्रारम्भिक प्रतिवेदन तयार पारेको समितिका संयोजक योजना आयोगका सदस्य डा रामकुमार फुयाँलले बताउनुभयो ।

समितिमा योजना आयोगका सचिव, उद्योग मन्त्रालयका सचिव तथा औद्योगिक प्रवर्द्धन बोर्डका अध्यक्ष लगायत सदस्य रहनुभएको छ ।

समितिले अध्ययन अवलोकनको क्रम जारी रहेको जनाएको छ । 

सरकारले यस अघि उद्योग मन्त्रालयको तर्फबाट पूर्व सचिव दीपक सुवेदीको संयोजकत्वमा रुग्ण उद्योगको अवस्था र त्यसको व्यवस्थापनका लागि चाल्नुपर्ने कदमका सम्बन्धमा अध्ययन गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button