तपाईँ सुन्दै हुनुहुन्छः

‘अध्यात्म सन्देश’ कार्यक्रमलाई निरन्तरता दिनेसम्बन्धी सम्झौता

काठमाडौँ । रेडियो नेपाल र राधा माधव समितिबिच रेडियो नेपालबाट प्रसारण हुने ‘अध्यात्म सन्देश’ कार्यक्रमलाई निरन्तरता दिनेसम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार रेडियो नेपालबाट दैनिक रुपमा बिहान ५ः२५ देखि ५ः५० सम्म प्रसारण हुँदै आएको ‘अध्यात्म सन्देश’ कार्यक्रम जारी रहने छ ।

सम्झौता पत्रमा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसी र राधा माधव समितिका सचिव वसन्त प्रसाद जोशीले आज हस्ताक्षर गर्नुभयो । 

हस्ताक्षर कार्यक्रममा राधा माधव समितिका उपाध्यक्ष, नेपाल सरकारका पूर्व सचिव सुरेश प्रकाश आचार्यको उपस्थिति रहेको थियो । 

‘अध्यात्म सन्देश’ कार्यक्रममा अध्यात्म, जीवन विज्ञान, दर्शन, शास्त्र लगायतका विषयमा प्रवचन प्रसारण गरिने छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button