तपाईँ सुन्दै हुनुहुन्छः

खेलकुद मन्त्री समक्ष ८ बुँदे ज्ञापन पत्र पेस

काठमाडौँ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घले नवनियुक्त युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजलाई ज्ञापन पत्र बुझाएको छ ।

अध्यक्ष दीपक श्रेष्ठको नेतृत्वमा मङ्गलवार सङ्घले मन्त्रालय पुगेर मन्त्री गहतराजलाई ज्ञापन पत्र बुझाएको हो । सङ्घले बुझाएको ज्ञापन पत्रमा विभिन्न ८ बुँदागत मागहरू समेटिएको छ ।

ज्ञापन पत्रमा नवौँ वृहत् राष्ट्रिय खेलकुद तत्काल गर्नका लागि पहलकदमी गर्नु पर्ने, कोभिड खोप लगाएर खेलाडीको प्रशिक्षण सुरु गर्नुपर्ने, खेलाडी र पूर्व खेलाडीलाई सरकारले सामाजिक सुरक्षा (शिक्षा, स्वास्थ्य, बिमा, यातायात, भत्ता) व्यवस्था गर्नुपर्ने लगायतका माग रहेको छ ।

सङ्घले १३ औँ सागमा स्वर्ण विजेता खेलाडीले आकर्षक पुरस्कार पाए पनि रजत र कांस्य पदक जित्नेको कुनै सम्बोधन नभएको भन्दै मन्त्रीको ध्यानाकर्षण गराएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button