तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा १९ जनामा कोरोना पुष्टि

file photo

नेपालगन्ज । बाँकेका प्रयोगशालामा थप १९ जनामा कोरोना पुष्टि भएको छ । ४ जना डिष्चार्ज भएका छन् ।

दुई वटा प्रयोगशालामा गरिएको बाहिरी जिल्लाका समेत गरी १४८ नमुना परीक्षणमा बाँकेका १४ जनासहित १९ जनामा कोरोना पुष्टि भएको छ । कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ ।

भेरी अस्पतालमा १२८ स्वाब परीक्षण गरिएकोमा १९ जनामा कोरोना पुष्टि भएको छ भने बागेश्वरीमा ल्याबमा २० नमुना जाँच्दा कसैमा पनि कोरोना संक्रमण पुष्टि नभएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले बताउनुभयो ।

हालसम्म बाँकेमा १८ हजार ३ सय ८३ जना संक्रमित भएका छन् । ती मध्ये १७ हजार ९ सय ९७ जना निको भई डिष्चार्ज भएका छन् । संक्रमित मध्ये ३ सय ३८ जनाको मृत्यु भएको छ ।

जिल्लामा ५१ जना सक्रिय संक्रमित रहँदा १९ जना अस्पताल र आइसोलेसनमा छन् भने ४७ जना होम आइसोलेसनमा छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button