तपाईँ सुन्दै हुनुहुन्छः

धनगढीमा थप एक कोरोना सङ्क्रमितको मृत्यु

धनगढी । कैलालीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । 

आज कोरोना संक्रमित कञ्चनपुरकी ५८ वर्षीया महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ । योसँगै हालसम्म अस्पतालमा उपचारका क्रममा मृत्यु हुने सङ्क्रमितको सङ्ख्या २ सय ५ पुगेको छ ।

यसै गरी सेती प्रादेशिक अस्पतालको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा ५२ जनाको पिसिआर जाँच गर्दा १० जनामा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ । हाल अस्पतालमा १२ जना सङ्क्रमितको उपचार भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button