तपाईँ सुन्दै हुनुहुन्छः

भूमिहीनको व्यवस्थापन हुन्छ: मन्त्री शशी श्रेष्ठ

चितवन। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले गरिबी निवारणका लागि मन्त्रालयले योजना बनाइ रहेको जानकारी दिनुभएको छ । आज यहाँ सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै उहाँले अहिलेसम्म मन्त्रालयमा औपचारिक कार्यक्रम बाहेक केही नभएको जनाउँदै गरिबी निवारणका लागि योजना बनाएर काम गर्ने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो “गरिबी निवारणका लागि औपचारिक कार्यक्रम बाहेक केही नभएको रहेछ । अहिले योजना बनाउने काम भइरहेको छ ।” कर्मचारी गरिबी निवारण कसरी गर्न सकिन्छ भन्ने विषयमा कार्य योजना बनाउने काममा व्यस्त रहेको उहाँको भनाइ थियो ।

फरक प्रसङ्गमा उहाँले सुकुम्वासी समस्या समाधानका लागि संविधान अनुरूप गरिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो “जनताले संविधान प्रदत्त अधिकार प्रयोग गर्न पाउनु पर्छ ।” लामो समयदेखि सुकुम्वासी समस्या रहेको जनाउँदै उहाँले भूमिहीन जनताको छिटो व्यवस्थापन हुन्छ । उहाँले भन्नुभयो “भूमिहीन जनताले संविधानले दिएको अधिकार उपभोग गर्न पाउँछन् ।” अघिल्लो आयोगले गरेका राम्रा कामको स्वामित्व लिदैं जनताका पक्षमा काम गर्ने उहाँको भनाइ थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button