तपाईँ सुन्दै हुनुहुन्छः

अदालत भित्रको गुटबन्दी राम्रो होइन : अध्यक्ष ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको नाममा कुनै पनि अवस्थामा राजनीति गर्न नहुने बताउनु भएको छ ।

प्रेस चौतारी मोरङले विराटनगर आज बिहान गरेको पत्रकार सम्मेलनमा उहाँले सर्वोच्च अदालत जनताले विश्वास गर्ने राज्यको महत्पूर्ण अगं भएकाले अदालत भित्र गुटबन्दी हुन नहुने बताउनुभयो ।

सर्वोच्च अदालत लोकतन्त्रको आधार स्तम्भ भएकाले सम्मानित सर्वोच्च अदालतमा कुनै पनि गलत कृयाक्लाप हुन दिन नहुने उहाँले बताउनुभयो । सर्वोच्च अदालत भित्रको गुटबन्दी वा विवादमा एमाले नफस्ने बताउनुहुँदै ओलीले संविधानको भावना अनुसार सम्मानित अदालत चल्नुपर्ने बताउनुभयो ।

अध्यक्ष ओलीले अहिलेको गठबन्धनले मुलुकको राज्यव्यवस्थामाथि प्रहार गर्ने काम गरि रहेको बताउनुभयो । राज्यका विभिन्न निकायलाई कमजोर पारेर व्यवस्थामाथि नै प्रहार भइरहेकाले त्यसतर्फ सचेत हुनु आवश्यक रहेको उहाँले बताउनुभयो ।
‘एक थरी सानो जमात राज्यव्यवस्था असफल पार्न केन्द्रित छ, नेकपा एमाले तथा नेपाली जनताले त्यो मनासाय पुरा हुन दिने छैनन्’ ओलीको भनाई थियो । उहाँले लामो संर्घष र इतिहास बोकेको पार्टी एमालेले राज्य व्यवस्था असफल बनाउन खोज्नेहरूलाई सफल हुन नदिने बताउनुभयो ।
पत्रकारको एक प्रश्नमा उहाँले अर्ली इलेक्सन अहिलेको आवश्यकता भएको बताउनुभयो । उहाँले यही पाराले सरकार नचल्ने र सरकारले कुनै पनि सकारात्मक काम गर्न नसकेको भन्दै संसद्ले पनि काम गर्न नसकी भन्दै यो अवस्थामा मुलुकलाई निकास दिन ‘अर्लि इलेक्सन’ आवश्यक रहेको बताउनुभयो ।

ओलीले सभामुखले प्रमुख प्रतिपक्ष दल तथा सबैभन्दा ठुलो दल नेकपा एमालेलाई बाइपास गरेर एकलौटी रुपमा संसद् चलाउन खोजेको आरोप लगाउनुभयो । सभामुखले स्वेच्छाचारी ढंगंले एमाले पार्टीले कारबाही गरेको संसद्लाई सदनमा राखेर संसद् चलाउन खोजेकाले यो अवस्था आएको भन्नुहुँदै अध्यक्ष ओलीले सदन चलाउँदा नियमको पालना हुनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button