तपाईँ सुन्दै हुनुहुन्छः

सञ्चारकर्मी लोहनी नगदसहित सम्मानित

काठमाडौं । डाक्टर हर्षबहादुर बुढामगर स्मृतिप्रतिष्ठानले समाजका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिलाई पुरस्कृत गरेको छ । 

हिजो काठमाडौँमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले रेडियो नेपालकी सञ्चारकर्मी  उषा लोहनी,  सञ्चारकर्मी वन्दना राणा, साहित्यकार सन्ध्या  पहाडी, साहित्यकार गीता लगायतलाई सम्मान तथा पुरस्कार प्रदान गर्नुभयो ।

प्रतिष्ठानकी अध्यक्ष उन्नती बोहरा मिजारले आगामी दिनमा पनि प्रतिष्ठानले समाजमा महत्त्वपूर्ण योगदान पुर्‍याएका व्यक्तिलाई सम्मान गर्ने जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button