२०७८ साल मंसिर १९ गते आइतबार

तपाईँ सुन्दै हुनुहुन्छः

चीनियाँ राष्ट्रपति र बेल्जियमका राजाद्वारा कूटनीतिक सम्बन्धको ५० औं वार्षिकोत्सवको सन्देश आदान-प्रदान

रेडियो नेपाल २०७८ कार्तिक ९ गते ८:१६

चिनियाँ राष्ट्रपति सी चिनफिङ र बेल्जियमका राजा फिलिपले सोमबार कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठको उपलक्ष्यमा बधाइ सन्देश आदानप्रदान गर्नुभएको छ।

आफ्नो सन्देशमा राष्ट्रपति सीले चीन-बेल्जियम सम्बन्धको विकासलाई ठूलो महत्त्व दिएको र कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वर्षगाँठको अवसरमा राजा फिलिपसँग मिलेर काम गर्न तयार रहेको बताउँनुभएको छ।

राष्ट्रपति सीले चीन र बेल्जियमबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै आपसी सम्मान र आपसी हितका आधारमा आपसी सम्बन्धको निरन्तर विकास भइरहेको औंल्याउनुभएको छ।

राष्ट्रपति सीले सन् २०१४ मा आफू र राजा फिलिपले चीन-बेल्जियम सम्बन्धलाई चौतर्फीरूपमा मैत्री सहकारी साझेदारीमा स्तरोन्नति गरेको र द्विपक्षीय सहयोग आदान-प्रदान गर्दै सहयोगमा फलदायी नतिजा आएको कुरा स्मरण गर्नुभएको छ।

कोभिड-१९ महामारीको प्रकोपपछि दुई देशका जनतामा नयाँ किसिमको हार्दिक सम्बन्ध विस्तार भएको बताइएको छ।सिन्ह्वा

सम्बन्धित