तपाईँ सुन्दै हुनुहुन्छः

टर्कीका राजदूत निष्कासनको धम्कीबाट जर्मनी चिन्तित

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले अंकाराका लागि जर्मन राजदूत र अन्य नौ देशका सदस्यहरूलाई देश निकाला गर्ने धम्की दिएपछि जर्मनीले सोमबार चिन्ता व्यक्त गरेको छ।

जर्मन सरकारका प्रवक्ता स्टेफेन सेइबर्टले पत्रकारहरुसँगको कुराकानीमा टर्कीका राष्ट्रपतिले गरेको टिप्पणीबाट आफूहरू चिन्तित र अन्योलमा रहेको बताउँनुभएको छ।

उहाँले भन्नुभयो- यद्यपि टर्की पक्षबाट कुनै औपचारिक सूचना आएको छैन। हामी धम्कीबाट प्रभावित अन्य देशहररूसँग नजिकको परामर्शमा छौं।

प्रतिक्रिया राख्नुहोस्

Back to top button