तपाईँ सुन्दै हुनुहुन्छः

सञ्चार सचिवद्वारा फिल्म सिटी निर्माण क्षेत्रको अवलोकन

दोलखा । सञ्चार सचिव डा. वैकुण्ठ अर्याल नेतृत्वको टोलीले दोलखामा बनाउन लागिएको अन्तर्राष्ट्रिय स्तरको चलचित्र नगरी (फिल्म सिटी) निर्माण स्थलको अवलोकन गरेको छ । 

सचिव डा. अर्याल नेतृत्वको टोलीले दोलखाको डाँङडुँगे डाँडास्थित निर्माण क्षेत्रको अवलोकन गरेको हो ।

अवलोकनपश्चात् सचिव अर्यालले उक्त स्थानमा फिल्म सिटी निर्माण उपयुक्त हुने देखिएको बताउनुहुँदै प्राथमिकता साथ सरकारले काम अघि बढाउने जानकारी दिनुभयो । 

मन्त्रिपरिषद् बैठकले ५ वर्षअघि दोलखाको भीमेश्वर नगरपालिका–९ मा अवस्थित उक्त ठाउँमा चलचित्र नगरी बनाउन चलचित्र विकास बोर्डलाई निर्देशन दिएको थियो । त्यसै अनुसार १५ सय रोपनीभन्दा बढी क्षेत्रफलमा फिल्म सिटी बनाउन बोर्डले विस्तृत परियोजना प्रतिवेदन (DPR) बनाइसकेको छ ।

बागमती प्रदेश सरकारबाट प्रशासनिक भवन तथा गेट निर्माणका लागि  भीमेश्वर नगरपालिका मार्फत ३ करोड ५० लाख रकम विनियोजन भई टेन्डर प्रक्रिया अगाडि बढेको छ ।

दोलखामा निर्माण गर्न लागिएको उक्त फिल्म सिटी नेपालकै पहिलो हो ।

आयोजनाको तत्कालीन सञ्चार मन्त्री एवं नेपाली काँग्रेसका नेता मोहनबहादुर बस्नेतले २०७४ फागुन ३ गते शिलान्यास गर्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button