तपाईँ सुन्दै हुनुहुन्छः

नेपालमा लगानी बढाउन फ्रान्ससँग अर्थमन्त्रीको आव्हान

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले नेपालमा लगानी बढाउन फ्रान्ससँग आह्वान गर्नुभएको छ ।

नेपालका लागि फ्रान्सका राजदूत गिल्स बोर्बाओसँग सोमवार अर्थ मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री शर्माले नेपालमा अर्ग्यानिक कृषि, पर्यटन, जलविद्युत लगायतको क्षेत्रमा लगानी गर्न फ्रान्सका लगानीकर्तालाई प्रेरित गर्न आग्रह समेत गर्नुभयो ।

कोभिड महामारीको असर कम हुन नपाउँदै नेपालमा बेमौसमी वर्षाले ठूलो क्षति पुर्‍याएकोले त्यसको पुनर्निर्माण र क्षतिपूर्तिको लागि आवश्यक सहयोग जुटाउने र जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको क्षतिका सम्बन्धमा समेत भेटका क्रममा कुराकानी भएको अर्थ मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button