तपाईँ सुन्दै हुनुहुन्छः

बस दुर्घटना हुँदा ४ जनाको मृत्यु

पाँचथर । पाँचथरको फिदिम–४ शिवा दोभानबाट झापाका लागि छुटेको बस सरखण्डे भन्ने ठाउँमा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । 

बस दुर्घटनामा परि लेटाङ मोरङका प्रज्वल मगर, कुम्मायक ३ का प्रमीला देवान र उनका ७ महिने छोरा निश्चल देवान र आशिका बुढाथोकीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका उनीहरूको उपचारका क्रममा मृत्यु भएको हो । 

घाइतेमध्ये गम्भीर १५ जनालाई स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट धरान लगिएको छ ।

गम्भीर घाइतेमध्ये १२ जनालाई अन्य सुविधा सम्पन्न अस्पतालमा लगिएको छ भने सामान्य घाइतेहरूको भने स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ । 

अर्को सवारी साधनलाई उछिन्ने क्रममा बस सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि ६२ जना घाइते भएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button