तपाईँ सुन्दै हुनुहुन्छः

पोखरामा नाटक “चरणदास चोर” प्रदर्शन हुने

कास्की । लामो समय सम्म रोकिएको पोखराको रङ्ग क्षेत्र फेरी पुरानै लयमा फर्कन थालेको छ । कोरोनाका कारण बन्द प्राय रहेको पोखराको कला क्षेत्रमा फेरी नयाँ आसाको दियो बलेको छ । 

पोखरा नाटक घरमा आउँदो मङ्सिर १ देखि १४ गतेसम्म नाटक “चरणदास चोर” प्रदर्शन हुने भएको छ । रेनिसेन्स थिएटरको प्रस्तुतिमा विश्व प्रख्यात नाटक “चरणदास चोर” प्रदर्शन हुन लागेको नाटकका निर्देशक निश्चल विमलले जानकारी दिनुभयो ।  

उक्त नाटक भारतका प्रख्यात नाट्य निर्देशक कलाकार हविव तनविरले १९७५ मा लेख्नुभएको थियो भने नेपाली अनुवाद रङ्गकर्मी आशानत शर्माले गर्नुभएको हो । 

नाटकले नेपाली समुदायको सामाजिक आर्थिक र मनोवैज्ञानिक सन्देश दिने विमलले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button