तपाईँ सुन्दै हुनुहुन्छः

थप ७ सय ७६ कोरोना संक्रमित थपिए

File photo

काठमाडौँ । देशभरि आज ७ सय ७६ जना कोरोना संक्रमित थपिएका छन् । 

१० हजार ८ सय ६४ नमुनाको परीक्षण गर्दा ७ सय ७६ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो । 

गएको २४ घण्टामा ५ सय १ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । मन्त्रालयको तथ्याङ्क अनुसार कोरोनाबाट निको भएको दर ९७ दशमलव ३ प्रतिशत छ । 

आज कोरोना सङ्क्रमणबाट १३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ३ सय ६१ पुगेको छ । 

देशभर १० हजार ३ सय ६० जना कोरोनाका सक्रिय सङ्क्रमितले होम तथा संस्थागत आइसोलेसनमा रहेर उपचार गरिरहेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button