तपाईँ सुन्दै हुनुहुन्छः

बाघको आक्रमणबाट एक जना गम्भीर घाइते

अछाम । अछाममा बाघको आक्रमण बाट एक जना गम्भीर घाइते भएका छन् । जिल्लाको चौरपाटी गाउँपालिका वडा नम्बर २ का ३२ वर्षीय वीरबहादुर साउद छन् । 

हिजो बिहान ८ बजे आफ्नो खेतमा काम गर्न गएको समयमा बाघले आक्रमण गरेको वडा अध्यक्ष नारायण साउदले बताउनु भयो । 

घाइते साउदलाई जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि कोहलपुर रेफर गरिएको छ । घाइते साउदको कोहलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

पछिल्लो समय अछाम जिल्लाका विभिन्न भूभागहरूमा जङ्गली जनावरहरूको आक्रमणबाट घाइते हुनेहरूको सङ्ख्या वृद्धि हुँदै गएको पाइएको छ । 

यता जिल्ला प्रहरी कार्यालय अछामले बन जङ्गलमा जाँदा एक्लै नजान आग्रह गरेको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक गङ्गादत्त बडुले यो समयमा साथीको सहायतामा बनतिर जान समेत सुझाव दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button