तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पामा थप १६ जनामा कोरोना संक्रमण पुष्टि

file photo

पाल्पा । पाल्पामा पछिल्लो २४ घण्टामा १६ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले सोमबार सार्वजनिक गरेको कोरोना रिपोर्टमा जिल्लाका विभिन्न स्थानका १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय पाल्पाका अनुसार पुर्वखोला गाउँपालिकाका १ जना, बगनासकाली गाउँपालिकाका १ जना, रिब्दीकोट गाउँपालिकाका १ जना र तानसेन नगरपालिकाका १३ जनामा कोरोना पुष्टि भएको हो । एन्टिजेन र पीसीआर माध्यमबाट गरी कुल १५० जनाको कोरोना परीक्षण गरिएकोमा १६ जना संक्रमित भएका छन् ।

यस्तै स्वास्थ्य कार्यालयले सोमबार १ जना संक्रमित निको भएको जनाएको छ । योसँगै जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या १ सय २४ पुगेको छ । सक्रिय सङ्क्रमितमध्ये ९९ जना होम आइसोलेसनमा र २५ जना विभिन्न अस्पतालमा उपचाररत रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button