तपाईँ सुन्दै हुनुहुन्छः

पाँचथरमा बस दुर्घटना, चार जनाको मृत्यु

पाँचथर । पाँचथरमा आज भएको बस दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार मृत्यु हुनेहरूमा प्रमीला देवान, निश्चल देवान र प्रजन मगर रहेको र एक जनाको सनाखत हुन बाकी छ । उनीहरूको विस्तृत विवरण भने आउन बाकी रहेको छ । बस दुर्घटना भई गम्भीर घाइतेहरूलाई थप उपचार गर्न अस्पताल रिफर गरिएको छ ।

आज दिउँसो ११ बजे यासोक क्षेत्रका यात्रु बोकेर फिदिमतर्फ जाँदै गरेको को १ ख ३८६५ नम्बरको बस सरखण्डे भन्ने ठाउँमा सडकबाट २० मिटर तल खसेर ६५ जना घाइते मध्ये चार जनाको मृत्यु  भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button