तपाईँ सुन्दै हुनुहुन्छः

हेटौँडा अस्पताललाई ६० लाख बराबरको स्वास्थ्य सामग्री सहयोग

मकवानपुर । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पताललाई दुई वटा भेण्टीलेटरसहित करिब ६० लाख बराबरको स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको छ । 

कोरोना महामारीमा उपचार गर्न सहज होस भन्ने उद्देश्यका साथ बुद्धिस्ट  चुची फाउन्डेसनले अस्पताललाई भेण्टीलेटरसहित स्वास्थ्य सामग्री सहयोग गरेको हो ।  

फाउन्डेसनका नेपाल प्रतिनिधि महेश नकर्मीले भेण्टीलेटरसहतिका स्वास्थ्य सामाग्री बागमती प्रदेशका स्वास्थ्य मन्त्री प्रदीप कटुवाललाई हस्तान्तरण गर्नुभएको हो । 

कार्यक्रममा मन्त्री कटुवालले कोरोनाकै कारण स्वास्थ्य क्षेत्रमा निकै सुधार भइरहेको बताउनुभयो । 

सहयोगमा आएको ६० लाखको सामाग्री राख्ने मात्र नभई प्रयोगमा ल्याइने बताउनुभयो । कोभिडलाई अवसरको रुपमा बदल्न प्रदेश सरकार तयार रहेको उहाँले बताउनुभयो । 

कार्यक्रम प्रतिष्ठानका उपकुलपति डा.विश्वराज जोशीको अध्यक्षतामा भएको हो । 

फाउन्डेसनले  भेन्टिलेटरसहित ग्लोब, मास्क र अन्य मेडिकल सामाग्री गरी ६० लाख बराबरको सामग्री हस्तान्तरण गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button