तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेसलाई महाधिवेशन सार्ने छुट छैन: वरिष्ठ नेता पौडेल

नेपालगन्ज।नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसलाई अब महाधिवेशन सार्ने छुट नरहेको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन बाँकेले आज बिहान नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा वरिष्ठ नेता पौडेलले अब पनि महाधिवेशन सार्न खोजिए पार्टी नै सङ्कटमा पर्ने बताउनुभयो । उहाँले १४औँ महाधिवेशनमा आफ्नो समूहको तर्फबाट सभापति पदमा सहमतिमै एक जना उम्मेदवार हुने दाबी गर्नुभयो ।

बाढी-पहिरो तथा भू-क्षयबाट जनताले ठूलो क्षति व्यहोरेकाले सरकारले तत्काल प्याकेजमै राहत दिनुपर्ने वरिष्ठ नेता पौडेलले बताउनुभयो । बाढी पहिरो प्रभावित पश्चिमी जिल्लाहरूको अवस्था बुझेर आफू फर्किएको बताउँदै उहाँले जनताको दुःखमा राज्यले साथ दिनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button