तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पाली ढाकाको ब्राण्डीङ्ग गरिने


पाल्पा।गुणस्तरीय र पाल्पाली ढाकाको पहिचान नहुँदा उपभोक्ता ठगिन बाध्य भएको गुनासो आउन थालेपछि पाल्पाली ढाका कपडालाई ब्रान्ड बनाएर बजारमा ल्याउने तयारी गरिएको छ ।

विगत १ बर्ष पहिले स्थापना भएको पाल्पाली ढाका सङ्घले निश्चित गुणस्तरसहित ब्रान्ड लिएर पाल्पाली ढाकाको कपडालाई बजारमा लैजाने तयारी गरेको छ ।

ढाकाको कपडाले ब्रान्डको मान्यता पाउनका लागी इमेज आर्ट कम्पनी सँग सम्झौता भएको र आगामी मङ्सिर सम्म ब्रान्डको पहिलो उत्पादन बजारमा ल्याउने तयारी रहेको पाल्पाली ढाका संघका व्यवस्थापक अनुषेश रायमाझीले बताउनुभयो ।

सङ्घले हाते तानबाट ढाका बनाउन एक सय ९५ जनालाई तालिम दिएको छ । यस्तै उनीहरूलाई विभिन्न डिजाइनका ढाका उत्पादन गर्न सिकाइएको छ । हालसम्म तालिम लिएका जनशक्तिले ढाका कारखानामै काम गरिरहेको सङ्घले जनाएको छ ।

विगत ७० बर्ष देखी ढाका उत्पादन गर्नुभएकी पूर्णमाया महर्जनले पाल्पाली ढाकाको कपडालाई ब्रान्ड बनाएर बजारमा आउँदा उपभोक्ताले गुणस्तर पहिचान गर्न सक्ने हुँदा ठगिने डर नहुने बताउनुहुन्छ । सङ्घकी अध्यक्ष समेत रहनुभएकी महर्जनले ब्रान्डको रुपमा बजारमा ल्याएपछि ढाकाका कपडाले उचित मूल्य पाउने र स्वदेश तथा विदेशमा समेत ढाकाका कपडा निर्यात हुने अवस्था आउने विश्वास व्यक्त गर्नुभयो ।

पाल्पाली ढाकालाई ब्रान्ड सहित स्वदेश तथा विदेशमा पु¥याउन सके यसबाट सयौँ कामदारलाई रोजगारी र स्वदेशी उद्योगले नाफा आर्जन गर्न सक्ने तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाहीले बताउनुभयो ।पाल्पाली ढाकाको उत्पादनमा सुधार ल्याउन तानसेन नगरपालिका, प्रदेश सरकार र युकेआइडी (सीप) परियोजनाले सहयोग गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button