तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपालको बोर्ड सदस्यमा भट्टराई नियुक्त

काठमाडौँ । रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल) को बोर्ड सदस्यमा महेश भट्टराई नियुक्त हुनुभएको छ ।

भट्टराई अर्थ मन्त्रालयको सहसचिवमा सेवारत हुनुहुन्छ । रेडियो नेपालको बोर्ड सदस्यमा अर्थ मन्त्रालयको सहसचिव अनिवार्य रुपमा रहने प्रावधान रहेको छ ।

सदस्य भट्टराईलाई आजै रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल) का सञ्चालक समितिका अध्यक्ष तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्याल, सञ्चालक समिति सदस्य टिका प्रसाद भण्डारी र कार्यकारी निर्देशक बुद्धि बहादुर केसीले स्वागत गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button