तपाईँ सुन्दै हुनुहुन्छः

मोफसलमा बनेको गीत दर्शकको रोजाइमा

तनहुँ । केही दिन अघि युट्युबमा सार्वजनिक भएको ‘बस है पियारी’ गीत सुन्ने र हेर्ने दर्शक श्रोताले मन पराएका छन् । 

उत्कृष्ट सृजना सहित ग्रामीण परिवेशमा नेपाली युवाका साझा समस्यालाई उजागर गरिएको यो गीत पहिलो पटक मोफसलमा नै तयार भएको गीत हो । 

कुनै न कुनै रुपमा काठमाडौँ केन्द्रित बन्नुपर्ने कलाकारको बाध्यतालाई ‘बस है पियारी’ गीत सार्वजनिक भएपछि मोफसलमा बसेर उत्कृष्ट गीत तयार हुने उदाहरण बनेको छ । गीतको श्रब्यदृश्य बनाउनेदेखि सम्पूर्ण तयारी पोखरा र आसपासमा सम्भव भएको सर्जक आकाश दाहाल बताउँछन् । 

स्वदेशमा पौरख गर्दा गर्दै पनि पारिवारिक सुखको महसुस गर्न नसकेका युवाको साझा पिडा गीतमा उठान गरिएको छ । वैदेशिक रोजगारीमा जानुपर्ने युवाका लागी बाध्यता बनेको कथा बोकेको यो गीतको श्रब्यदृश्य कास्कीका अस्ताम वरपरका रमणीय दृश्यमा तयार पारिएको हो । 

दाहालको सृजनामा तयार भएको गीतमा गायक सन्तोष बस्यालले आवाज भरेका छन् । गीतका भिडियोमा सर्जक दाहाल र सोफी दाहालसँगै शिरीष सापकोटाको अभिनय देख्न सकिन्छ । गीतको जक्सन भिटी युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button