तपाईँ सुन्दै हुनुहुन्छः

‘सहकारीका माध्यमबाट जनताको जीवनस्तर उठाउन सकिन्छ’

ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सहकारीका माध्यमबाट गरिबीको रेखामुनि रहेका जनताको जीवनस्तर माथि उठाउन सकिने बताउनुभएको छ । 

सरकारले आर्थिक, सामाजिक न्याय तथा गरिबी न्यूनीकरणका लागि सार्वजनिक, निजी र सहकारीसहित तीन खम्बे अर्थनीति अवलम्बन गरेको उल्लेख गर्दै मन्त्री भुसालले सहकारी क्षेत्रले आर्थिक रूपमा विपन्न परिवारलाई सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । 

प्रतिभा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २१औँ वार्षिक साधार सभाको उद्घाटनमा मन्त्री भुसालले सहकारीले आर्थिक सशक्तीकरण गर्नुपर्ने र सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माणमा भूमिका खेल्नुपर्ने बताउनुभयो । 

आर्थिक अधिकारमा महिलाको समान पहुँच नभएको भन्दै उहाँले विगतमा अधिकारका लागि सङ्घर्ष गरेको र अब अधिकार कार्यान्वयनका लागि सङ्घर्ष गर्नुपर्ने समय आएको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button