तपाईँ सुन्दै हुनुहुन्छः

मुख्यमन्त्री राउतद्वारा मिथिला बाटिकाको उद्घाटन

धनुषा । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले ब्रह्मकुमारी राजयोग सेवा केन्द्र जनकपुरद्वारा मुजेलियामा नवनिर्मित प्रशिक्षण केन्द्र ॐ शान्ति मिथिला बाटिकाको आज एक कार्यक्रमबिच उद्घाटन गर्नुभएको छ ।

सेवा केन्द्रका नेपाल निर्देशक राज दादीमाको अध्यक्षतामा भएको उद्घाटन समारोहमा मुख्यमन्त्री राउतले आजको भौतिकवादी युगमा मानिसलाई अहिंसाको बाटोमा डोर्‍याउने सेवा केन्द्रको भूमिका प्रशंसनीय रहेको बताउनुभयो ।

पाँच कट्ठा क्षेत्रफलमा रु चार करोड ५० लाखको लागतमा निर्माण गरिएको उक्त भवनमा राजयोग सेवा केन्द्रसँग सम्बन्धित प्रशिक्षण सञ्चालन हुने जनाइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button