तपाईँ सुन्दै हुनुहुन्छः

‘गण्डकी प्रदेश शिक्षाको ‘हब’ बन्ने प्रशस्त सम्भावना’

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेश शिक्षाको केन्द्र बन्न सक्ने प्रशस्त सम्भावना रहेको बताउनुभएको छ ।

उच्च शिक्षा तथा माध्यमिक विद्यालय सङ्घ (हिसान) गण्डकी प्रदेशको प्रथम साधारण सभा तथा अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उहाँले प्रदेश सरकारले प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादनको लक्ष्यसहित गण्डकी विश्वविद्यालय स्थापना गरेको बताउनुभयो ।

वर्तमान संविधानमा आधारभूत शिक्षा सबैलाई अनिवार्य तथा माध्यमिक विद्यालयसम्मको शिक्षा निःशुल्क हुनुपर्ने व्यवस्था रहेकोले सोको कार्यान्वयन गर्नु अहिलेको आवश्यकता रहेको उल्लेख गर्नुभयो । 

देशको अर्थतन्त्रको ८० प्रतिशत हिस्सा निजी क्षेत्रले ओगटेकाले निजी क्षेत्रलाई निरुत्साहित गर्दा अर्थतन्त्र चल्नै नसक्ने अवस्था आउने भएकाले प्रोत्साहन जरुरी रहेको मुख्यमन्त्री पोखरेलले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button