तपाईँ सुन्दै हुनुहुन्छः

निःशुल्क आँखा शिविरमा ३ सय ३० जनाको चेकजाँच

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं ३ बजनीमा भएको निःशुल्क आँखा शिविरमा ३ सय ३० जनाले आँखाको चेक जाँच गराएका छन् । 

जसमा ८५ जनामा मोती बिन्दुको लक्षण देखा परेको छ । 

मातृका फाउन्डेसन, लायन्स क्लब अफ जीतपुरसिमरा र लियो क्लब अफ जीतपुरमिराको संयुक्त आयोजनामा नेपाल राष्ट्रिय नि.मा.वि मा भएको निःशुल्क आँखा शिविर भएको हो । 

नेत्र विशेषज्ञ डा. अमृत आचार्य (एम.डी) नेतृत्वको टोलीले शनिवार बजनीमा प्राविधिक सेवा प्रदान गरेको लायन्स क्लब अफ जीतपुरसिमराका अध्यक्ष नारायणी रायमाझीले जानकारी दिनुभयो । 

आँखामा मोती बिन्दु देखा परेका सम्पुर्ण बिरामीको शल्यक्रिया आइतबार र सोमबार निःशुल्क हुने लायन्स क्लब अफ जीतपुरसिमराका अध्यक्ष रायमाझीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button