तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय महिला लिग छनौट: कन्काईको दोस्रो जित

काठमाडौँ । कन्काई नगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनौट प्रतियोगितामा लगातार दोस्रो जित निकाल्न सफल भएको छ ।

एन्फा कम्प्लेक्स सात दोबाटोमा शनिबार महालक्ष्मी नगरपालिकालाई १९–० गोल अन्तरले हराउँदै कन्काईले दोस्रो जित निकालेको हो ।

कन्काईको जितमा कुसुम खतिवडाले ८, दिपा शाहीले ५ तथा सिमरन राई र ममता राउतले २/२  र लक्ष्मी श्रेष्ठ र ईमा राईले १/१ गोलको योगदान गरे ।

यस अघि पहिलो खेलमा कन्काईले गोदावरी नगरपालिकालाई १२–० गोल अन्तरले पराजित गरेको थियो ।

प्रतियोगितामा ३१ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी टोलीलाई एन्फाले १० समूहमा विभाजन गरेको छ ।

प्रतियोगिताको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन् ।

यस्तै प्रतियोगिताको विजेताले ५ लाख नगद पुरस्कार पाउने छन् । यस्तै उपविजेताले ३ लाख र फेयर प्ले टिमले ५० हजार पाउने छन् । 
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ५० हजार र विधागततर्फ उत्कृष्ट हुनेले समान २०/२० हजार पाउने आयोजकले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button