तपाईँ सुन्दै हुनुहुन्छः

पशुपालक कृषकलाई पाडी तथा बीऊ बोका वितरण

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–३ का कृषकलाई उन्नत जातको पाडी तथा बीऊ बोका वितरण गरिएको छ ।

भोटेकोसी गाउँपालिकाको समन्वयमा इको हिमाल नेपाल र रोटरी क्लबको सहयोगमा दुगुना र यार्मासिङका दस पशुपालक कृषकलाई पाडी तथा पाँच कृषकलाई बीऊ बोका लगायत आवश्यक औषधी समेत वितरण गरिएको हो ।

वितरित पाडी र बोकाको बिमा समेत गरिएको गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिनुभयो ।

पछिल्लो पटक भोटेकोसी गाउँपालिकामा पशुपालनप्रति स्थानीयको आकर्षण बढ्न थालेपछि स्थानीय स्तरमा नै पशु प्राविधिकको व्यवस्था समेत गरिएको अध्यक्ष पौडेलले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button