तपाईँ सुन्दै हुनुहुन्छः

बाढी प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको टोली

कञ्चनपुर । भीमदत्त नगरपालिकाले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको टोली खटाएको छ । टोलीले प्रभावित क्षेत्रमा पुगेर उपचार शुरु गरेको छ ।

भीमदत्त नगर विपद् व्यवस्थापन समितिको बुधवार बसेको बैठकले प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी पठाई उपचार गर्ने निर्णय गरेको थियो ।

निर्णय अनुरूप टोलीले स्वास्थ्य सेवा सुचारु गरेको हो । कात्तिक महिनामा आएको बाढीले भीमदत्त नगरपालिकाका ९, ११, १२, र १३ वडामा ठूलो क्षति पुर्‍याएको छ ।

महाकाली नदी किनारमा बसोबास गरिरहेका स्थानीयको उठीबास नै भएको छ । पूर्णरुपले क्षति भएकाहरू अझै विद्यालयमा बास बसिरहेका छन् । केही घर फर्किएका छन् ।

भीमदत्त नगरपालिकाका प्रवक्ता हिमाल चन्दले बैठकको निर्णय अनुरूप विपद व्यवस्थापन सबै टिम परिचालन गरिएको बताउनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button