तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेशमा १० दिने नाट्य कार्यशाला सुरु

कास्की । गण्डकी प्रदेशमा १० दिने नाट्य निर्देशन कार्यशाला सुरु भएको छ । प्रदेशको नाट्य क्षेत्रलाई थप क्रियाशील बनाउन पोखरामा गण्डकी प्रदेश स्तरीय नाटक निर्देशन कार्यशाला सुरु भएको हो । कार्यशालाको गण्डकी प्रदेशका शिक्षा संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले एक औपचारिक कार्यक्रमका बिच उद्घाटन गर्नु भएको छ ।

उद्घाटन गर्दै मन्त्री श्रेष्ठले भन्नु भयो “ निर्देशन कार्यशालाले प्रदेशको नाट्य क्षेत्रलाई थप क्रियाशील बनाउन सघाउने विश्वास व्यक्त गर्दै नाटकमा पस्कने सामाग्री जस्ताको तस्तै दर्शकमाझ पुग्ने भएकोले यसरी पस्कने सामाग्रीमा विशेष ध्यान दिनुपर्ने उहाँको भनाई रहेको थियो । कार्यशाला गण्डकी प्रज्ञाप्रतिष्ठान पोखरा को आयोजना तथा पोखरा थेएयटर को सहकार्यमा सञ्चालन भएको हो ।


नेपाल सङ्गीत तथा नाट्य एकेडेमीका पूर्व सदस्य सचिव समेत रहेका संस्कृतिकर्मी तीर्थ श्रेष्ठले गण्डकी प्रज्ञा प्रतिष्ठानको स्थापनासँगै प्रदेशको साहित्य तथा कलाको क्षेत्रमा केही सकारात्मक सङ्केत देखिएको भन्दै कला क्षेत्रमा नयाँ आशा पलाएको बताउनु भयो । लामो समय सम्म कोरोनाका कारण थला परेको नाट्यक्षेत्रलाई चलायमान बनाउन कार्यशालाले सघाउने उहाँको विश्वास छ । नेपालको नाट्य क्षेत्रमा पोखराको ठुलो भूमिका रहेको उहाँले बताउनु भयो ।

गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा सुरु भएको यो कार्यशालामा गण्डकी प्रदेशका ११ जिल्ला मध्ये मनाङ र मुस्ताङ बाहेक ९ जिल्लाबाट २२ जनाको सहभागिता रहेको छ । कार्यशालाले गण्डकी प्रदेशमा नाटक प्रतिको आकर्षण बढाउन सहयोग पुग्ने गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार क्षेष्ठले बताउनु भयो । कार्यक्रममा १५ जना प्रशिक्षकले प्रशिक्षार्थीलाई प्रशिक्षण गराउने पोखरा थिएटरका अध्यक्ष परिवर्तनले जानकारी दिनु भयो ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीको अध्यक्षतामा भएको कार्यक्रममा समाजशास्ती डा.विश्वकल्याण पराजुली, पोखरा थिएटरका अध्यक्ष परिवर्तन, गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङ, प्राज्ञ सदस्य सुरेन्द्र गुरुङले लगायतले बोल्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button