२०७८ साल मंसिर २३ गते बिहीबार

तपाईँ सुन्दै हुनुहुन्छः

साहित्यले पुलको काम गरिरहेको छ: मन्त्री कार्की

रेडियो नेपाल २०७८ कार्तिक ५ गते १९:२६

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले साहित्यले संसारलाई जोड्न पुलको काम गरिरहेको बताउनुभएको छ ।

पत्रकार एवम् साहित्यकार वियोगी बुढाथोकीको नियात्रा सङ्ग्रह ‘शनैः शनैः यात्रामा’को आज काठमाडौँमा आयोजित लोकार्पण समारोहमा मन्त्री कार्कीले उत्कृष्ट साहित्य सिर्जनामा सबै स्रष्टालाई जोड्न मन्त्रालयले कडीका रुपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

उहाँले निष्ठावान् र कर्मयोगी बुढाथोकी जस्ता व्यक्तिबाट मात्रै मुलुक अटल समृद्धिमा जाने मात्र नभई समाजमा देखिएका विभेद अन्त्य हुने बताउनुभयो । 

पत्रकार वियोगीको बाल्यकाल, जन्मथलो, पर्यावरण संरक्षण र स्वदेश तथा विदेश भ्रमणमा देखेका एवम् भोगेका विषयवस्तु समेटिएको कृतिमा २१ वटा लेख समेटिएको छ ।

सम्बन्धित