तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली मूलका मेराग्लियाले ‘ए’ डिभिजन लिग फुटबल खेल्ने

काठमाडौँ । इटालीमा व्यावसायिक फुटबल खेल्दै आएका नेपाली मूलका युवा खेलाडी विकास मेराग्लियाले च्यासल यूथ क्लबबाट सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल खेल्ने भएका छन् ।

युवा स्ट्राइकर विकासले शुक्रवार ‘ए’ डिभिजन क्लब च्यासलसँग सम्झौता गरेका हुन् । विकासले एक वर्षका लागि च्यासलसँग सम्झौता गरेका हुन् । नेपालको शीर्ष डिभिजनको लिग कात्तिक २९ गतेबाट सुरु हुनेछ ।

च्यासलले विदेशी खेलाडीको रुपमा विकासलाई अनुबन्ध गरिएको जनाएको छ । ‘ए’ डिभिजन लिग खेल्नका लागि विकास मङ्गलवार साँझ नेपाल आइपुगेका थिए । १८ वर्षीय विकासले पछिल्लो समय इटालीका चर्चा कमाइरहेका छन् ।

इटालीको यु–१६ राष्ट्रिय टिमबाट खेलिसकेका विकास इटालीको चर्चित क्लब एटलान्टाको यूथ टिमबाट खेल्ने गर्छन् । 

सन् २००८ मा ६ वर्षको उमेरमा नेपालबाट इटाली पुगेका विकास १३ वर्षपछि नेपाल आएका हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button