तपाईँ सुन्दै हुनुहुन्छः

वर्षा र बाढीले धान बालीमा ७ अर्ब २२ करोड बढीको क्षति

काठमाडौँ । असोज ३१ गतेदेखि भएको बेमौसमी वर्षाका कारण देशका तीन वटा प्रदेशमा ७ अर्ब रुपैयाँ भन्दा बढीको धान बालीमा क्षति भएको छ ।

सुदूरपश्चिम, लुम्बिनी र प्रदेश १ बाट प्राप्त प्रारम्भिक अनुमानित विवरण अनुसार ती प्रदेशमा ६७ हजार ९१९ हेक्टर क्षेत्रफलमा लगाइएको धान बालीमा बाढी र वर्षाले क्षति पुर्‍याएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

क्षतिको अनुमानित रकममा मूल्याङ्कन ७ अर्ब २२ करोड रुपैयाँ हाराहारी रहेको कृषि मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाश सन्जेलले बताए । वर्षाका कारण एक लाख ९८ हजार ५२१ हेक्टर क्षेत्रफलमा लगाइएको धानलाई भने असर मात्रै पुर्‍याएको मन्त्रालयले जनाएको छ ।

बर्ष र बाढीले तीन वटा प्रदेशका एक लाख ९८ हजार ५२१ हेक्टर क्षेत्रफलमा असर परेको र त्यसमध्ये ६७ हजार ९१९ हेक्टरको धानमा पूर्ण क्षति पुगेको छ । दुई लाख ५८ हजार ९२ मेट्रिक टन धान वर्षातका कारण क्षति भएको प्रारम्भिक अनुमान छ ।

अनुमानित विवरणअनुसार लुम्बिनी प्रदेशका चार जिल्लामा वर्षातको असर धेरै छ । प्रदेशका बर्दिया, कपिलवस्तु, बाँके र रुपन्देही धेरै प्रभावित हुने जिल्लाहरू हुन् । यो प्रदेशमा ४२ हजार ४२७ हेक्टरमा लगाइएको धानमा क्षति पुगेको छ । प्रदेशभर ४ अर्ब ५१ करोड रुपैयाँ भन्दा धेरै मूल्यको एक लाख ६१ हजार २२३ मेट्रिक टन धानमा वर्षाले क्षति पुर्‍याएको छ ।

सुदूरपश्चिमका कैलाली र कञ्चनपुर दुई जिल्लाका किसानले लगाएको धानमा वर्षातले धेरै असर पुर्‍याएको मन्त्रालयको प्रारम्भिक विवरणमा उल्लेख छ । प्रदेशभर ५५ हजार हेक्टर क्षेत्रफलको धानमा असर पुगे पनि क्षति भने १८ हजार हेक्टरमा मात्रै छ । एक अर्ब ९१ करोड ५ लाख २० हजार रुपैयाँ बराबरको ६८ हजार ४ सय रुपैयाँ मेट्रिक धानमा सुदूरपश्चिम प्रदेशमा असर देखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button