तपाईँ सुन्दै हुनुहुन्छः

प्राधिकरणले २ हजार मेगावाट क्षमताका आयोजना एक साथ अघि बढाउने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले दुई हजार मेगावाट क्षमताका जलविद्युत आयोजनाहरू एक साथ अघि बढाउने जनाएको छ ।

नेपाल विद्युत् प्राधिकरण कर्मचारी सङ्घको १२ औँ महाधिवेशनलाई शुक्रवार सम्बोधन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दुई हजार मेगावाटका ठुला आयोजनाहरू एकसाथ अघि बढाउने जानकारी दिनुभयो । 

उहाँले प्राधिकरणले दुई हजार मेगावाटका आयोजना बाहेक ४ सय ५० मेगावाटको अरुण चौथो जलविद्युत आयोजना पनि सुरु गर्ने बताउनुभयो । 

करिब १५ सय मेगावाट क्षमताको अपर अरुण र अरुण चौथो परियोजना अरुण करिडोरमा मात्रै विकास गर्न लागिएको भन्दै कर्मचारीको लगानीमा पनि थप आयोजना विकास गर्ने प्राधिकरणको योजना समेत रहेको कार्यकारी निर्देशक घिसिङले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button