तपाईँ सुन्दै हुनुहुन्छः

बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या २८ पुग्यो

पाँचथर । वर्षाको कारण पाँचथरमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या २८ पुगेको छ । 

बाढी पहिरोमा परी जिल्लामा ६ जना बेपत्ता भएका छन् भने १० जना घाइते भएका छन् 

बाढी पहिरोबाट हुन गएको क्षतिको पूर्ण विवरण अझै आइसकेको छैन ।  जिल्लामा इन्टरनेट र टेलिफोन अवरुद्ध भएपछि कहाँ कति क्षति भयो भन्ने पूर्ण विवरण आउन नसकेको पाँचथर प्रहरीले जनाएको छ । 

त्यस्तै, जिल्लाको फिदिम नगरपालिकामा पहिरोका कारणले खानेपानी अवरुद्ध भएपछि सदरमुकामवासीहरू समस्यामा परेका छन् । पानी सुचारु हुनका लागि अझै दुई दिन लाग्ने वडा अध्यक्ष गजाधर भट्टराईले जानकारी दिनुभयो । 

पहिरोको कारण अवरुद्ध भएको मेची राजमार्ग सुचारु भएपछि अलपत्र परेका यात्रुहरू गन्तव्यतर्फ लागिरहेका छन् । 
सडक राम्रोसँग सञ्चालन नभएकोले बाढी पहिरोको कारण ज्यान गुमाएकाहरूको शव परिक्षण नगरी दाहसंस्कार गरिएको छ । जिल्ला दैवी प्रकोप उद्धार तथा राहत समिति सहितको सर्वपक्षीय बैठकले बाढी पहिरोबाट पीडित परिवारको पहिचान गरी उचित राहत र उद्धारको व्यवस्था गरिने निर्णय गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button