तपाईँ सुन्दै हुनुहुन्छः

चार देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस

राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र पेश गर्दै ब्राजिलका आवासीय राजदूत

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि ब्राजिल, इटाली, माल्टा र दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ । 

राष्ट्रपति भवन, शीतल निवासमा आज अपराह्न आयोजित विशेष समारोहमा नेपालका लागि ब्राजिलका आवासीय राजदूत कार्लोस अल्वेर्टो माइकल्सेन डेन हार्टोगसहित इटाली, माल्टा र दक्षिण अफ्रिकाका गैरआवासीय राजदूतहरू क्रमशः भिन्चेञ्जो डि लुक्का, रुबिन गाउची र जोएल सिबुसिसो एन्डेबेलेले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएका हो । 

त्यस अवसरमा परराष्ट्रमन्त्री डा नारायण खड्का, प्रधानसेनापति प्रभुराम शर्मा, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थिति थियो ।

राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र पेश गर्दै इटालीका गैरआवासीय राजदूत
राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र पेश गर्दै माल्टाका गैरआवासीय राजदूत
राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र पेश गर्दै दक्षिण अफ्रिकाका गैरआवासीय राजदूत
राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्ति

प्रतिक्रिया राख्नुहोस्

Back to top button