तपाईँ सुन्दै हुनुहुन्छः

लोसपा प्रदेश २ को प्रमुख सचेतकमा साह

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी प्रदेश २ को संसदीय दलको प्रमुख सचेतकमा परमेश्वर साह मनोनयन हुनु भएको छ ।

जनता समाजवादी पार्टीबाट विभाजित भएर बनेको लोसपाको संसदीय दलका नेता जितेन्द्र सोनलले साहलाई प्रमुख सचेतकमा मनोनयन गर्नु भएको छ ।  

त्यस्तै उपनेतामा रानी शर्मा तिवारी, सचेतकमा जानकी शरण साह र कोषाध्यक्षमा बबिता चौधरी मनोनयन हुनु भएको छ । 

लोसपासँग हाल प्रदेश २ मा १६ जना प्रदेश सांसद रहेका छन् । पार्टी विभाजन पश्चात् लोसपा प्रदेश नंं २ को प्रमुख प्रतिपक्षी दल बनेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button