तपाईँ सुन्दै हुनुहुन्छः

दोधारा चाँदनी नगरपालिकामा बाढीको क्षतिको लगत सङ्कलन सुरु

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाले बाढीका कारण भएको क्षतिको लगत सङ्कलन सुरु गरेको छ । 

नगरपालिकाले विशेष गरी जोगबुढा नदी र महाकाली नदीमा आएको बाढीका कारण विस्थापित भएका, धान बाली नष्ट भएका, घर भत्किएका, पशु चौपाया मरेका लगायतको क्षतिको लगत सङ्कलन गर्ने कार्य गरिरहेको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवाले नगरपालिकालाई क्षतिको लगत सङ्कलन गरी गृह मन्त्रालयलाई पठाउन भन्नुभएपछि नगरपालिकाले आफ्नो नगर क्षेत्रमा लगत सङ्कलन सुरु गरेको नगरपालिकाले जनाएको छ । 

लगत सङ्कलन गरेर तत्काल र दीर्घकालीन गर्नै पर्ने राहत तथा पुनर्निर्माणका कार्यहरूलाई वर्गीकरण गर्न सजिलो हुने नगरपालिकाका नगरप्रमुख वीरबहादुर सुनारले बताउनुभएको छ । 

दोधारा चाँदनी नगरपालिका वडा नम्बर १० कुतियाकवर क्षेत्रमा ६० भन्दा बढी घर परिवार डुबानमा परेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button