बर्षातका कारण प्रभावित किसानलाई प्रदेश सरकारले तत्काल राहत उपलब्ध गराउने : मन्त्री हमाल
नेपालगञ्ज । लुम्बिनी प्रदेशका वन वातावरण तथा भू–संरक्षण मन्त्री सुरेन्द्र हमालले अविरल बर्षातका कारण प्रभावित किसानलाई प्रदेश सरकारले तत्काल राहत उपलब्ध गराउने बताउनुभएको छ ।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ३ ले मन्त्री हमाललाई स्वागत तथा सम्मान गर्न आयोजित कार्यक्रममा उहाँले बेमौसमी वर्षाले धानबालीमा ठूलो क्षति पुगेकाले पीडित किसानलाई राहत दिइने बताउनुभयो ।
त्यस अवसरमा मन्त्री हमालले वडा कार्यालयका तर्फबाट अति अशक्त अपाङ्गता भएका २५ जनालाई खाद्यान्न सामाग्री सहयोग गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्