तपाईँ सुन्दै हुनुहुन्छः

बाढी पहिरो पीडितका लागि सरकारले राहत प्याकेज ल्याउँछः प्रधानमन्त्री देउवा(फोटो फिचर)

कञ्चनपुर ।प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी पहिरो पीडितका लागि सरकारले राहत प्याकेज ल्याउने बताउनुभएको छ ।

शुक्रवार कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीले गरेको कटान क्षेत्रको स्थलगत निरीक्षणपछि आयोजित कार्यक्रममा उहाँले बेमौसमी बाढीबाट मुलुकभर भएको क्षतिको विवरण सङ्कलन गरेर पीडितलाई राहत र पुनः निर्माणमा जुट्ने बताउनुभएको हो ।

“सुदूरपश्चिमका पहाडी जिल्लामा पनि बाढी पहिराले ठूलो क्षति पु¥याएको छ”, प्रधानमन्त्री देउवाले भन्नुभयो, “सीमित स्रोतसाधनका बाबजुत पनि पीडितलाई राहत दिन्छौँ ।” मन्त्रिपरिषद्को निर्णयबाट केही दिनअघि राहत व्यवस्था गरिएको उल्लेख गर्दै उहाँले बाढीका कारण पूर्वाञ्चललगायत देशभरका विभिन्न स्थानमा क्षति पुगेको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले कञ्चनपुरको महाकाली तटीय क्षेत्र र दोधारा–चाँदनीमा विगतमा पनि नदी कटानको समस्या रहेको चर्चा गर्दै कैलाली कञ्चनपुरमा धान बालीमा ठूलो क्षति पुगेको बताउनुभयो । निरीक्षणपछि प्रधानमन्त्री देउवालाई जिल्ला सुरक्षा समितिले बाढीको क्षति र वस्तुस्थितिका बारेमा जानकारीसमेत गराएको छ ।

सुदूरपश्चिमको बाढी पहिरोको क्षति र पीडितको अवस्था बुझ्न बिहीबार यहाँ आउनुभएका प्रधानमन्त्री देउवाले डोटी, बझाङ, बैतडी र डडेल्धुरामा निरीक्षण गर्नुभएको थियो । उहाँले आज कैलालीमा पनि बाढीग्रस्त क्षेत्रको निरीक्षण गर्ने कार्यक्रम रहेको बताइएको छ ।

प्रधानमन्त्री देउवाको टोलीमा अर्थमन्त्री जर्नाजन शर्मा, पर्यटन मन्त्री प्रेम आले, पुर्वमन्त्रीहरु रमेश लेखक, एनपी साउँद र बीरबहादुर बलायर समेत सहभागी थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button